३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एक अर्ब जनतालाई खोप लगाउन सफल भएकोमा मोदीलाई देउवाको बधाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई एक अर्ब भारतीय जनतालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन भारत सरकार सफल भएकोमा बधाइ दिएका छन् ।

एक अर्ब जनतालाई खोप लगाउन सफल भएकोमा मोदीलाई देउवाको बधाइ


देउवाले ट्वीटरमा मोदीलाई मेन्सन गर्दै एक अर्ब जनतालाई खोप लगाउन सफल भएकोमा शुक्रबार बधाइ दिएका हुन् । देउवाले एक अर्ब जनतालाई खोप लगाउनुलाई भारतले उल्लेखनीय उपलब्धी गरेको उल्लेख गर्दै यसले छिमेक र बाहिर पनि सुरक्षा सुनिश्चित गर्न ठूलो सहयोग गरेको बताएका छन् ।

देउवाले खोप अभियान र भाइरसबाट ठीक हुनलाई भारतले नेपाललाई गरेको सहयोगको लागि पनि धन्यवाद दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारत जानुभन्दा एक दिनअघि मात्रै देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गत महिना छिमेकी भारत तथा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्न सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु भारत भ्रमणमा गएका थिए ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?