भीमबहादुर हत्याका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धन सम्बद्ध दलित राजनीतिक भातृ संघसंगठनहरुले चितवनका भीमबहादुर विकको हत्यामा संलग्न दोषीहरुलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकको परिवारलाई न्यायपूर्ण क्षतिपूर्ति, पालनपोषण र रोजगारीको सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

भीमबहादुर हत्याका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण

नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा, दलित मुक्ति मोर्चाका संयोजक दलजीत श्रीपाइली, दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, समाजवादी दलित मुक्ति संगठनका उपमहासचिव सन्तोष घतानी र जातीय समता समाजका महासचिव भक्त विश्वकर्माद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्र बुझाउँदै उनीहरुले विश्वकर्माको हत्याको मूल जरिया जातीय छुवाछुत र भेदभाव नै भएको भन्दै मुद्दा चलाउँदा जातीय छुवाछुत र भेदभाव ऐन, ०६८ बमोजिम समेत चलाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले ज्ञापन पत्रमार्फत सरकारले दोषीलाई कारबाही गर्ने सुनिश्चित नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् । भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा ‘दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


प्रकाशित : कार्तिक ५, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?