कांग्रेस महामन्त्री कोइराला भारत जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार भारत जाने भएका छन् । उनको सचिवालयले त्यहाँ उपचाररत रहेका नेताद्धय प्रदीप गिरी र कर्मा घलेलाई भेट्न जान लागेको भनेको छ ।

कांग्रेस महामन्त्री कोइराला भारत जाँदै

तर, पार्टीको १४ औँ महाधिवेशनको सम्मुखमा उनको भारतको भ्रमण अर्थपूर्ण हुने नेताहरुको भनाइ छ । सांसद घले दिल्लीमा क्यान्सरको उपचार गराइरहेका छन् भने गिरी केही महिनाअघि देखि नै उपचाररत छन् ।

‘व्यक्तिगत घुमफिर हो । त्यही क्रममा त्यहाँ उपचाररत नेताहरुलाई भेटेर स्वास्थ्यलाभको कामना गर्ने हो, अरु त केही छैन,’ उनीनिकट एक नेताले भने ।

कोइरालासँगै कांग्रेसका संखुवासभा सभापति दिपक खड्का लगायत नेताहरुको टोली भारत जाने सचिवालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?