कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

काठमाडौं फर्किएपछि पीडितलाई राहत र क्षतिपूर्तिबारे निर्णय गर्छु : देउवा

भवानी भट्ट

कञ्चनपुर — सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं फर्किएपछि पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनेबारे निर्णय लिने बताएका छन् ।

काठमाडौं फर्किएपछि पीडितलाई राहत र क्षतिपूर्तिबारे निर्णय गर्छु : देउवा

क्षतिको विवरण र पीडितको तथ्यांक संकलन गरेर आवश्यक राहत दिइने उनको भनाइ छ ।

देउवा शुक्रबार बिहान महाकाली बाढीले बगाएको पहुँच मार्गको निरीक्षणमा पुगेका थिए । ‘बेमौसमको वर्षाले पूर्वदेखि पश्चिमसम्म ठूलो क्षति भएको छ,’ उनले भने, ‘हामीले यहाँबाट फर्केर केही न केही निर्णय गर्छौं ।’

बाढी र वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा पनि ठूलो क्षति पुर्‍याएकाले किसानलाई उचित राहत प्याकेज घोषणा गरिने उनले बताए । प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आले, कांग्रेस नेता रमेश लेखकलगायत उपस्थित थिए ।

प्रकाशित : कार्तिक ५, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?