कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यी हुन् ओलीका गिनिज बुक रेकर्ड : भट्टराई

बुधबार ओलीले भनेका थिए, 'हामी यस्तो ज्याद्रो मान्छे हौँ, दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक कहीँ पाइँदैन ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको केही दिनअघिको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । बुधबार काठमाडौंमा एमालेको वाग्मती प्रदेश अधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले गरेका कामले आधा गिनिज बुक भरिने बताएका थिए ।

यी हुन् ओलीका गिनिज बुक रेकर्ड : भट्टराई

उनले अहिलेको सरकारले कामै गर्न नसक्ने उल्लेख गर्दै आफूहरूले दाबी गरे आधा गिनिज बुक नै भरिने बताएका थिए । त्यही अभिव्यक्तिप्रति कटाक्ष गर्दै भट्टराईले ओलीले दुई पटक संसद् विघटन गरेर गिनिज बुकमा रेकर्ड राखेको बताएका छन् । भट्टराईले ट्विटरमा लेखेका छन्, 'ओलीको गिनिज बुक रेकर्ड -१.२/२पटक असंवैधिक ढंगले संसद् विघटन र अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना!'

बुधबारको ओलीले के भनेका थिए ?

एकैचोटि हामीले ३९६ वटा अस्पतालको एकैदिन एकैपटक शिलान्यास गरेका छौँ । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ । हामी यस्तो ज्याद्रो मान्छे हौँ दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक कहीँ पाइँदैन । यहीँबाट थाहा पाउनुहोस् न कहीँ पाइँदै पाइँदैन । दुई पटक किड्नी फेरेर पनि उस्ताको उस्तै हुने दुनियाँमा सायद यहीँ हुन्छ । यो एमाले हो के ।

त्यसकारण गिनिज बुकमा लेख्ने कुरा त कति छन् कति । २१ वटा बाटो हामीले एकैदिन शिलान्याश गर्‍यौँ । सदरमुकाम जोड्ने, पालिका सदरमुकाम जोड्ने र रणनैतिक २१० वटा बाटाहरू एकैदिन शिलान्यास भएको वर्ल्ड हिस्ट्रीमै छैन होला । त्यो नेपालमा छ । नेपालले गर्छ, एमाले भयो भने गर्छ । अहिले त १४ सय बाटा एकैपटक बनाउन नसक्ने भनेर हटायो । एमाले भयो भने सक्छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?