कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वाग्मतीमा मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । 

नेकपापछि एमालेसमेत विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

वाग्मतीमा मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

२ भदौमा पहिलो ठूलो दलको हिसावले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

प्रदेश सरकारमा आफ्नो सरकारको ६४ दिने अवधिको प्रगति प्रस्तुत गर्दै मुख्यमन्त्री शाक्यले आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरिन् । उनले आफू नेतृत्वको सरकारले समाजवाद उन्मुख सरकारको प्रारम्भिक खाका नै तयार भएको भन्दै त्यसको सार्वजनिक गर्ने तयारी रहेको समेत बताइन् । बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई भनाइ राख्ने समय दिएका थिए । त्यसक्रममा उनले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतिको विवरण समेत प्रस्तुत गरिन् ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । तर, उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । प्रदेशसभामा हाल कायम १०९ (सभामुखसहित) सांसद छन् । त्यसमध्ये गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।

प्रदेशसभामा बोल्दै नेता जमरकट्टेलले गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?