कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राष्ट्रपतिको अपिल: ‘राहत,उद्धार र पुनर्निर्माणमा सबै संयन्त्र परिचालन गरौँ’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका  संयन्त्रहरूलाई परिचालित गराउन ध्यानाकर्षण गराएकी छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार राष्ट्रपति भण्डारीका तर्फबाट विज्ञप्ति जारी गर्दै राहत र उद्धारमा सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिको अपिल: ‘राहत,उद्धार र पुनर्निर्माणमा सबै संयन्त्र परिचालन गरौँ’ 

‘राष्ट्रपतिज्यूले विपद्को यस दुःखद घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा छ, ‘यसै गरी प्रकोपबाट कृषि क्षेत्र खास गरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारीले बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना प्रकट गरेकी छन् ।

उनले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आह्वान गरेकी छन् ।

भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनु पर्ने पनि उनले उल्लेख गरेकी छन् ।

प्रकाशित : कार्तिक ४, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?