३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ३४ जना पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर, सुर्खेत र डडेलधुरामा गरी तास खेलिरहेका ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका-१ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगरलगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  हो ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

उता डडेल्धुराको अमरगढी नगरपालिका-५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५० वर्षीय ईन्द्रबहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?