कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिलोपटक अनलाइनबाट जनगणना गरिँदै

गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले पहिलो पटक विदेशस्थित ४० कूटनीतिक नियोगमा ‘ई–सेन्सस’ (अनलाइनबाट जनगणना) लिने भएको छ । त्यसनिम्ति प्रत्येक नियोगमा एक जना कर्मचारी सम्पर्क व्यक्ति तोकेको छ । 

पहिलोपटक अनलाइनबाट जनगणना गरिँदै

तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जनाए । यही कात्तिक २५ बाट मंसिर ९ गते हुने १२औं राष्ट्रिय जनगणनामा यो पहल गरिएको हो । त्यसमा नेपाली दूतावास रहेका देशहरूमा अबुधाबी, ओटावा, इस्लामावाद, कायरो, कुवेत, कोपन हेगन, कोलम्बो, क्यानवेरा, क्वलालम्पुर, टोकियो, ढाका, तेलअबिब, दोहा, नयाँ दिल्ली छन् ।

त्यसैगरी पेरिस, प्रिटोरिया, बर्लिन, ब्रसेल्स, बेइजिङ, बैंकक, ब्रासिलिया, म्याड्रिड, मस्कट, मनामा, मस्को, याङ्गुन, रियाद, लन्डन, वासिङ्टन डिसी र सियोलमा दूतावास छन् । नेपालको स्थायी नियोग न्युयोर्क र जेनेभामा रहेका छन् । त्यस्तै, नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेद्दा, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा रहेका छन् ।

‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइनेछ,’ पहिलोपटक नेपाली कूटनीतिक नियोगमा पहिलोपटक जनगणना लिन लागेको उल्लेख गर्दै प्रवक्ता रहेका लामिछानेले भने, ‘ती नियोगमा रहेको कर्मचारी र त्यही रहेका परिवारको गणना हुनेछ । वेबएप्लिकेसन्स्मार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्नेछ ।’

कूटनीतिक नियोगमा कार्यरत व्यक्तिको जनगणना मुख्य प्रश्नावलीको ‘व्यक्तिगत खण्ड’मा उल्लेख विवरण लिइनेछ । परिवार मूली तथा परिवार संख्या, परिवारमा नाता, लिंग, जन्म, जन्मस्थान, पाँच वर्षमुनिका सदस्यको जन्मदर्ताको अवस्था, शिक्षा र तह, अध्ययन क्षेत्र, वैवाहिक स्थिति, बसाईसराई, प्रजननसम्बन्धी विवरण सोधिने छ । कुनै अपांगता भएका सदस्य रहेमा त्यसको विवरण खुलाइने छ, जसमा १२ किसिमको अपांगता रहेका छन् । कार्यरत मुलुक, कामको विवरण, पद, आर्थिक कामको संस्थागत क्षेत्र खुलाइने छ ।

प्रकाशित : कार्तिक ३, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?