कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ओलीलाई शर्माको जवाफ, ‘सरकार ढाल्छौं भनेर चुनौती दिने समय होइन’

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले भनेजस्तै एक सातामै सरकार ढाल्ने चुनौती दिने समय नभएको बताएका छन् ।

ओलीलाई शर्माको जवाफ, ‘सरकार ढाल्छौं भनेर चुनौती दिने समय होइन’

ओलीले बुधबार दिउँसो एमालेले चाहे ‘एक सातामा सरकार ढाल्न सक्छौँ’ भनेर अभिव्यक्ति दिएका थिए ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् जवाफको रुपमा अहिले त्यस्तो चुनौती दिने समय नभएको र संविधानतः त्यो सम्भव पनि नभएको बताएका छन् ।

‘श्रदेय कमरेड केपी ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौँ भनेर चुनौती दिने समय यो होइन । संविधानतः त्यो सम्भव पनि छैन,’ शर्माले भनेका छन्, ‘अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समय हो यो । आउनोस् उद्वार, राहत र पुनर्स्थापनाको अभियानमा जुटौँ ।’

प्रकाशित : कार्तिक ३, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?