कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेतीको जलसतह घटेपछि ढुंगाडमा तत्कालका लागि खतरा टर्‍यो

सरकारले अझै उद्धार र राहत पुर्‍याउन सकेन
तृप्ति शाही, मोहन शाही

बैतडी, डोटी — बैतडीको सिगास गाउँपालिका -५ को ढुंगाडमा अलपत्र परेकाहरूको अवस्था सहज बन्दै गएको छ । सेती नदीको बहाव घट्दै गएपछि बस्तीको अवस्था तत्काललाई सहज भएको बताइएको छ ।

सेतीको जलसतह घटेपछि ढुंगाडमा तत्कालका लागि खतरा टर्‍यो

प्रहरी र स्थानीयले फसेकाहरूको उद्वार गरिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

ढुंगाडमा बाक्लो कुहिरो लागेकाले हेलिकोप्टर बस्न नसकेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी छिन् । भिजिबिलिटी हुनेबितिक्कै उद्वारका लागि हेलिकोप्टर जाने तयारीमा रहेको उनले बताइन् ।

डेढ सय बढी घरधुरी रहेको बस्तीलाई सेती नदीले टापु बनाएपछि मंगलबारदेखि करिब ६० जना उद्धारको पर्खाइमा रहेका छन् । स्थानीयले सोमबार रातिदेखि नै खानेकुराको अभाव झेलेको बताएका छन् ।

स्कुल र स्वास्थ्यचौकीमा बसेकाहरूले भने स्थानीय पसलबाट किनेर केही खाएको बताएका छन् । तर अहिलेसम्म कतैबाट आफूहरूलाई राहत नआएको उनीहरूको गुनासो छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?