२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाढीपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माओवादी केन्द्रको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माओवादी केन्द्रको आग्रह

दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा फासेकाहरुको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग विशेष आग्रह गरेका छन् ।

उनले बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि माग गरेका छन् ।

अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता रहेकाहरुको खोजीका लागि पार्टीका नेता कार्यकर्ता निर्देशन समेत दिएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले बाढीले तटीय क्षेत्रका सयौँ घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धानबाली नष्ट भएको भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?