कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

इलाममा पहिरोले १२ जनाको मृत्यु

विप्लव भट्टराई

इलाम — लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १२ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।

फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय उद्धव लामिछानेले जानकारी दिए ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको लामिछानेले जानकारी दिए ।

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा ३ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?