थलाराको पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर आइपुग्यो

वसन्तप्रताप सिंह

बझाङ — थलारा गाउँपालिका- ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली सहितको नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।

थलाराको पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर आइपुग्यो

प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि बेपत्ताहरुको अवस्था अझै अज्ञात रहेको छ । पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १ सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । विस्थापित ७०० विद्यालयमा बसिरहेका छन् ।

नेपाली सेनाको हेलिकप्टर माफर्त पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताए ।

प्रकाशित : कार्तिक ३, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?