कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीले कर्णालीको तटबन्ध भत्काउँदा कैलाली जलमग्न [तस्बिरहरू]

गणेश चौधरी

टीकापुर — आइतबारदेखिको वर्षाले कैलालीका अधिकांश ठाउँ जलमग्न भएका छन् । कर्णाली, कन्द्रा, मोहना, पथरैयालगायतका साना–ठूला नदी खोलाको पानी बस्तीमा पसेको हो । 

बाढीले कर्णालीको तटबन्ध भत्काउँदा कैलाली जलमग्न [तस्बिरहरू]

कर्णाली नदीको तटबन्ध ठाउँठाउँमा बाढीले भत्काएपछि पानी बस्तीमा पसेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताएका छन् । उनका अनुसार जानकी गाउँपालिकाको कुन्तीखेत, धनुवाफाँटा, पूर्व खैरीफाँटा जगतपुरलगायतका गाउँ डुबानमा परेका छन् ।

त्यसैगरी टीकापुर नगरपालिकाको बजार क्षेत्र, बनगाउँ, धनसिंहपुर, नारायणपुर सूर्यपुर अरुणाफाँटालगायतका गाउँ डुबानमा परेको र स्थानीय निर्मल नेपालीले बताएका छन् । बाढीका कारण हुलाकी सडकलगायत बाटोघाटो बिग्रिएको र आवतजावत अवरुद्ध बनेको छ । टीकापुर नगरपालिकाको सत्तीमा हुलाकी सडक बाढीले बगाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले कर्णालीको तटबन्ध भत्किएपछि जताततै डुबान भएको बताए । कर्णालीको पानी पसेपछि टीकापुर तथा जानकी गाउँपालिकाका अधिकांश भाग डुबानमा परेको हो ।

प्रकाशित : कार्तिक ३, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?