पाँचथरमा पहिरोमा परी ५ जनाको ज्यान गयो, २ बेपत्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरमा पहिरोमा परी ५ जनाको ज्यान गयो, २ बेपत्ता

लक्ष्मी गौतम

पाँचथर — अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् ।

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वडा नं. १२ का ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी पत्नी ४५ वर्षीया मथुराको मंगलबार राति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राति सुतेका बेला हात्ती आएको हल्ला सुनेपछि कार्की बाहिर निस्केका थिए । आँगनमै रहेको हात्तीले उनीमाथि आक्रमण गरेको हो । उनलाई जोगाउन गएकी पत्नीलाई पनि हात्तीले आक्रमण गरेको एसपी चतुर्वेदीले बताए ।


प्रकाशित : कार्तिक ३, २०७८ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×