२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुदूरपश्चिमका सबै जिल्लालाई प्रदेश सरकारले २५ लाख राहत दिने

अर्जुन शाह

बाजुरा — बाढी-पहिरोबाट भएको जनधनको क्षतिमा उद्वार तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ९ वटै जिल्लालाई २५/२५ लाख र प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको छ ।

सुदूरपश्चिमका सबै जिल्लालाई प्रदेश सरकारले २५ लाख राहत दिने


मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन, राहत र उद्वार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेशका सबै जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन् ।

‘लगातारको वर्षाले सुदूरपश्चिमका सबै जिल्लामा ठूलो क्षति भएको छ । वर्षा अझै रोकिएको छैन, आपतकालीन रातह तथा उद्दार व्यवस्थापनका लागि उक्त रकम जिल्लालाई पठाउने निर्णय गरेका छौँ,' मन्त्री जोशीले भनिन्, ‘क्षतिको विस्तृत विवरण प्रात्प भइसकेपछि थप निर्णय गर्नेछौँ ।’

साथै, प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णयसमेत गरिएको मन्त्री जोशीले बताइन् । उनले सबै जिल्लाका सुरक्षा निकायलाई विपद्‍मा परेका नागरिकहरुको उद्दार तथा राहत कार्यमा प्रभावकारी भूमिका निर्वाह निर्देशन दिइएको पनि बताइन् । लगातारको वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लाको संचार तथा यातायात सम्पर्क टुटेको छ । दर्जनौँ वस्तीहरु बाढी र पहिरोको जोखिममा फसेका छन् ।

प्रकाशित : कार्तिक २, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?