१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

महाकालीमा फसेका ५ जनाको उद्धारका लागि सेनाको हेलिकप्टर खल्ला मसेट्टी पुग्यो

भवानी भट्ट

कञ्चनपुर — महाकालीको बीच भागमा फसेका ५ जनाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खल्ला मसेट्टी पुगेको छ । सोमबार रातिदेखि नदीको बीचमा फसेका उनीहरु ज्यान जोगाउन रुखमा चढेका छन् । 

महाकालीमा फसेका ५ जनाको उद्धारका लागि सेनाको हेलिकप्टर खल्ला मसेट्टी पुग्यो

मंगलबार बिहानैदेखि उद्धारको प्रयास भए पनि प्रतिकूल मौसमका कारण सम्भव हुन सकेको थिएन । ‘नेपाली सेनाको हेलिकप्टर मसेट्टी पुगेर उद्धारको प्रक्रिया सुरु भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘उद्धारकै लागि सुरक्षाकर्मीको टोली यसअघि नै मसेट्टी पुगिसकेको छ ।’

कुखुराको खोर कुर्न गएकाहरु महाकालीमा बाढी बढेपछि सोमबर रातिदेखि नै फसेका हुन् । नदीमा बढी बढ्दै गएपछि उनीहरु रुखमा चढेका छन् ।

यो पनि

प्रकाशित : कार्तिक २, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?