कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रतिनिधिसभा बैठक सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको कात्तिक ९ गतेका लागि बोलाइएको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो । 

प्रतिनिधिसभा बैठक सर्‍यो

संघीय संसद्‌का महासचिव भरतराज गौतमले मंगलबार सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने निर्धारण भएको जानकारी गराएका छन् ।

'एमालेले आफ्नो पालिका अधिवेधशन भएकोले बैठक सार्न आग्रह गरेको र सरकारसँगको समन्वयमा बैठक सारिएको हो', सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?