भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी- समाचार - कान्तिपुर समाचार

भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी

कमल पन्थी

बर्दिया — कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएकोले राजापुर क्षेत्रमा बाढी पसेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताएका छन् । ५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको उनले जानकारी दिए ।

२०४० सालमा भारतले ढोका बन्द गर्दा ठूलो धनजनको क्षति भएको थियो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बाँधका ढोका खुलाउन सशस्त्र प्रहरी निरीक्षकको टोली त्यसतर्फ पठाएको जनाए । ढोका खोल्ने पहल भइरहेको प्रजिअ सुनारले जनाए । यसैगरी बबईमा ५ दशमलव ५ मिटरमाथि बगे पनि स्थिर रहेको छ पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले बाढीको जोखिम उच्च छ ।

सयभन्दा बढी घर डुबानमा

तीन दिनदेखि परेको अविरल वर्षाले कर्णाली नदीमा आएको बाढीले सय बढी घर डुबानमा परेको छ । डुबानले राजापुर—१ टिहुनीबाट पसेको बाढीले यस भेगका करिब सय घर डुबानमा परेको राजापुर नपाका मेयर शिवप्रसाद चौधरीले बताए ।

पानीको सतह बढी रहेकोले यस भेगका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । गेरुवा गाउँपालिकाको वडा नम्बर २ र ३ का ६० घर परिवार घर छाडेर बाढीबाट सुरक्षित रहन बनाइएका आश्रयस्थल पुगेका छन् । सनकट्टी, चनौरा, वनकट्टीलगायतका गाउँमा बाढी पसेको अध्यक्ष केसीले बताए । कर्णालीमा जलस्तर ११ दशमलव ५० मिटर नाघेकोले दर्जनौँ गाउँ डुबानको जोखिममा परेको छ । कात्तिक महिनामा बाढी आएको यो पहिलो पटक भएको स्थानीय बुढापाकाले बताएका छन् । तटीय क्षेत्रका बासिन्दाका खाद्यान्न,लत्ताकपडा,नागरिकता, जग्गाधनी पुर्जालगायत सम्पूर्ण सामान सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारी धनजनको सुरक्षाका लागि मंगलवार बिहानबाट परिचालन गरिएको छ,’ उनले भने, ‘उद्धार कार्यका लागि सेनाको हेलिकोप्टर तैनाथ गर्न गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

सिडी रेसियोको व्यवस्था हटाउन राष्ट्र बैंकलाई उद्योग संगठन मोरङको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग संगठन मोरङले सिडी रेसियो हटाएर हालका लागि पुरानै सिसिडी रेसियोमा नियमनको व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ।

सिडी रेसियोकै कारण पछिल्लो समय बैंकहरुले व्याजदर बढाएको संगठनको ठहर छ।

बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले बृद्धि गरेको व्याजदरलाई अविलम्व पुनरावलोकन गरी उत्पादनमुलक क्षेत्रमा कर्जाको व्याजदर एकल अंकमा नबढ्नेगरी निर्धारण गर्न संगठनले आग्रह गरेको छ।

संगठनले तरलता बृद्धि गर्न राष्ट्र बैंकलाई दिएका सुझाव:

- अहिलेको व्याज दर बढ्ने प्रमुख कारण आर्थिक वर्ष २०७८/७९ को नीतिले बैंक बित्तीय संस्थाको तरल पुाजीलाई निष्कृय पारेर डिपोजिटको ९० प्रतिशत मात्र लगानी गर्न पाउने गरी सिडी रेसियो कायम हुने व्यवस्थाका कारण सिर्जित समस्याले गर्दा हो भन्ने हाम्रो ठहर छ। तसर्थ बैंक तथा वित्तीय संस्थाहरूको लगानी योग्य रकमको प्रावधान बमोजिम अर्को कुनै दरिलो र भरपर्दो आधर तयार नहुादासम्म साथै सरकारले गर्ने खर्चमार्फत बजारमा आउने तरलताको सुनिश्चितता नहुादासम्म यस अघिकै प्रावधान अनुरूप सिसिडी रेसियो कायम गरी लगानीयोग्य रकमको दायरालाई थप फराकिलो बनाइनुपर्दछ।

- सरकारले गर्ने पुाजीगत तथा विकास खर्च अत्यन्त न्युन रहेकोले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र दु्रत गतिमा खर्च गर्ने व्यवस्था गरी बजारमा नगद प्रवाहलाई बढाउनु पर्दछ।

- बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कुल कर्जा मध्ये उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रकृयाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउादै उप्पादनमुलक क्षेत्रको लगानी बढाइनु पर्दछ।

- त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने प्रशासनिक तथा व्यवस्थापन खर्चको बैंक तथा वित्तीय संस्थाको बर्गका आधारमा निश्चित मापदण्डको दरिलो आधार निर्माण गरी अनुत्पादक खर्च कटौतीका साथ आधार दर घटाउने तर्फ आवश्यक कदम चाल्नु पर्दछ।



प्रकाशित : कार्तिक २, २०७८ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×