१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो : करिब ६० जना उद्धारको पर्खाइमा

तृप्ति शाही

बैतडी — बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो : करिब ६० जना उद्धारको पर्खाइमा

१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् ।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेका खबर पाएको उनको भनाइ छ ।

सोमबार राति नै प्रहरीको टोली त्यहाँ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ७/८ घण्टा बढी हिँड्नपर्ने भएकाले पुग्न ढिलो भएको बताए । अहिले स्थानीय फसेको खबर आए पनि यकिन विवरण भने नआएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?