२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् ।

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड 

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी 'वर्ल्ड लिडर समिट'मा सहभागी हुने प्रतिनिधि मण्डल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्कटल्यान्डको ग्लास्कोमा नोभेम्बर १ र २ मा जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर सम्मेलन हुँदैछ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलो विदेश भ्रमण हुनेछ ।

प्रकाशित : कार्तिक १, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?