कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिलवाल, ढुंगेल र रोका बर्खास्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको छ ।

सिलवाल, ढुंगेल र रोका बर्खास्त

सोमबार बसेको मन्त्रिषरिषद्को बैठकले सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

'यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई नयाँ सरकारले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो भएन र कारबाही गरियो,' ती मन्त्रीले भने ।

तीन जालाई नै बर्खास्त गरेको निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने औपचारिक जानकारी दिएका थिएनन् । मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे कुनै जानकारी दिइएको थिएन ।

सिलवाल, ढुंगेल र रोकालाई केपी शर्मा ओली नेतृत्वको सरकारले राष्टंरिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद् र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा नियुक्त गरेको थियो ।

प्रकाशित : कार्तिक १, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?