नुवाकोट बस दुर्घटना: एकको मृत्यु- समाचार - कान्तिपुर समाचार

नुवाकोट बस दुर्घटना: एकको मृत्यु

कान्तिपुर संवाददाता

नुवाकोट — किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको निधन भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दुर्घटनामा घाइते मध्ये नौ जना काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ । बसमा झन्डै ५० यात्रु थिए ।

सोमबार बिहान किस्पाङ १ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रकाशित : कार्तिक १, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा कोरोना सङ्क्रमण शून्य

रासस

काभ्रे — काभ्रेमा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

केही हप्तादेखि दैनिक रुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणदर तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एक जनामा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक जना मात्रै सङ्क्रमित छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ सङ्क्रमणमुक्त भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ । केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिक रुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित : कार्तिक १, २०७८ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×