कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

प्रकाशित : कार्तिक १, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?