कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनकामना दर्शन गर्न आए भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी

नारायण शर्मा

पूर्वी नवलपरासी — भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवाबाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् । 

मनकामना दर्शन गर्न आए भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी

उनी अहिले पूर्वी नवलपरासीमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल उन्नती कल्चरल भिलेजमा चिया पिउन बसेका छन् । उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता रहेका पत्रकार अजय चौहानले जानकारी दिए ।

मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । उनी भारतीय जनता पार्टीका नेता हुन् ।

अर्थ राज्यमन्त्री पंकज चौधरी स्थलमार्ग हुँदै नवलपरासी आएको र उनको उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पुष्टि गरेका छन् । उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ ।

गोर्खास्थित सुरक्षा स्रोतका अनुसार उनी आज मनकामनाको एक होटलमा रात बिताउने छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ । मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।

प्रकाशित : आश्विन ३१, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?