कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सल्यानमा सहचालकले मिनी बस चलाउँदा दुर्घटना, १६ घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको ना ४ ख ७१८९ नम्बरको यात्रुबाहक मिनी बस छत्रेस्वरी गाउँपालिका ३ नारेस्थित भित्रि सडक खण्डमा शनिबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

सल्यानमा सहचालकले मिनी बस चलाउँदा दुर्घटना, १६ घाइते

प्रहरीका अनुसार सहचालकले चलाएको मिनी बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइते हुनेमा ८ बालबालिका पनि छन् ।

दुर्घटनामा छत्रेस्वरी गाउँपालिका ३ की वर्ष २३ की छहारी बस्नेत ओली, नीजको १८ महिने छोरा प्रशान्त ओली, वर्ष ६५ की हुनिसा दाहाल, २६ की कविता रावत, उनको १० महिने छोरा अनमोल, वर्ष ६ का मोहनलाल खड्का, वर्ष २६ की संगीता डाँगी, उनको वर्ष ६ की छोरी पार्वती, वर्ष २४ की जीमा पुन, उनकी वर्ष ५ की छोरी सृष्टी, वर्ष ८ का छोरा शिशिर, शारदा नगरपालिका १ चैबाङ्गकी वर्ष २६ की रुमला केसी, उनको छोरा वर्ष ३ को निमेष, छत्रेस्वरी गाउँपालिका ३ की वर्ष ३ की आरती ओली, वर्ष ४ की भावना ओली र छत्रेस्वरी गाउँपालिका ४ का वर्ष १७ का एकराज बिक घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सबैको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । घाइते सबैको स्थानीय तथा प्रहरीद्वारा उद्धार गरिएको उनले जानकारी गराए । उनका अनुसार मिनी बस सडकदेखि २५ मिटर तल खेतमा खसेको थियो ।

मिनी बस चालक र सहचालक फरार रहेका र तिनीहरुको खोजी भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?