कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

२४ घण्टामा १ हजार ४४६ पीसीआर गर्दा १३६ मा कोरोना पुष्टि, ८४५ संक्रमित निको

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

२४ घण्टामा १ हजार ४४६ पीसीआर गर्दा १३६ मा कोरोना पुष्टि, ८४५ संक्रमित निको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ छ । त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?