कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनशनरत रुबीको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

रुबी खान अस्पतालमा पनि आमरण अनशन बस्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय माग्दै ८ दिनदेखि आमरण अनशनमा बसेकी बाँकेकी रुबी खानको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अस्पताल लगिएको छ ।

अनशनरत रुबीको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना


वृहद् नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीसहितको टोलीले उनलाई शनिबार अपराह्न अस्पताल लगेको हो ।

‘उहाँ धेरै दिनदेखि भोकै हुनुहुन्छ । निकै गलेको देखिनुभएको छ । हामीले भेट गर्‍यौँ । उहाँको अवस्था हेर्दा अस्पताल भर्ना गर्नु जरुरी लाग्यो । त्यसैले अस्पताल लगिएको छ,’ नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीले कान्तिपुरसँग भने ।

डा उप्रेतीका अनुसार रुबीलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ । र रुबीले अस्पतालमा पनि आमरण अनसन जारी राख्ने बताइएको छ ।

यस्तै धर्नामा बस्दैआएका रुबीका अरु सहयात्रीहरुलाई भने माइती नेपालले रातको बेला आश्रय दिने भएको छ । दसैं अवधिभर उप्रेती र अर्चना थापाले उनीहरुलाई आन्दोलनस्थलमै पुगेर खाना खुवाउने गरेका थिए । 'अब माइती नेपालले बस्न दिने भएपछि अलि सजिलो होला,' डा उप्रेतीले भने ।

न्यायका लागि ४९ दिनदेखि अनवरत संघर्ष, तर सरकार सुन्दै सुन्दैन

प्रकाशित : आश्विन ३०, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?