कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अधिकारकर्मी रुबी खानको स्वास्थ्य अवस्था बिग्रँदो

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला हिंसा र हत्याका घटनामा दोषीलाई कारवाहीको माग गर्दै अनशनरत रुबी खानको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले नागरिक आन्दोलनले अस्पताल लैजान पहल गरेको छ ।

अधिकारकर्मी रुबी खानको स्वास्थ्य अवस्था बिग्रँदो

अधिकारकर्मी खान नेपालगन्जको प्रहरी हिरासतमा रहँदादेखि आमरण अनशन बसेकी थिइन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला असोज २२ गते प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी गरेको थियो ।

तर सर्वोच्च अदालतले नै प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएपछि उनी गत बिहीबार छुटेकी थिइन् । त्यसपछि पनि उनी आमरण अनशनमै थिइन् ।

अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदनमा दायर गरेकी थिइन् । त्यही रिटको सुनुवाइका क्रममा न्यायधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

‘उहाँ धेरै दिनदेखि आमरण अनशनमा हुनुहुँदो रहेछ । हामीले भेट गर्‍यौँ । उहाँको अवस्था हेर्दा अस्पताल भर्ना गर्नु जरुरी लाग्यो । त्यसैले अस्पताल लैजाने पहल गरिरहेका छौँ,’ नागरिक आन्दोलनसँग आवद्ध सञ्जीव उप्रेतीले भने । खानलाई त्रिवि शिक्षण अस्पताल लैजाने तयारी रहेको उनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?