१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप

आश गुरुङ

(लमजुङ) — पहाडी जिल्ला लमजुङका करिब ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । हालसम्म ४५ वर्ष माथिका सबै नागरिक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा संलग्न व्यवसायी, जनप्रतिनिधि, सेना, प्रहरीलगायतलाई लगाइसकिएको छ ।

लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्रा खोप लगाउनेको संख्या भने ७२ हजार १ सय ५८ रहेको छ । कार्यालय प्रमुख अमर दवाडीले ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ वटा स्थानीय तहका १ लाख ५ हजार ९ सय ३८ जनालाई खोप लगाउने लक्ष्य राखिएको बताए । उनका अनुसार अब ३३ हजार ७ सय ८० जनाले पहिलो मात्राको खोप लगाउन बााकी छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालका अनुसार भेरोसेलको पहिलो मात्रा ३७ हजार ९ सय ७५ जनाले लगाएका छन् । दोस्रो मात्रा २६ हजार ४ सय ४९ जनाले लगाएका छन् । कोभिसिल्ड र अस्ट्राजेनेकाको पहिलो मात्रा २१ हजार ७ सय १३ जनाले लगाएका छन् । दोस्रो मात्रा १६ हजार ८ सय ३४ लगाएका छन् । जोन्सन एण्ड जोन्सन १२ हजार ४ सय ७० जनाले लगाएका छन् । जोन्सन खोप लगाउनेले दोस्रो खोप लगाउनु पर्दैन । ‘हामीले अधिकांशलाई पूर्ण खोप लगाइसकेका छौं । अब अपुगका लागि खोप माग गरेका छौं,’ उनले भने ।

कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाका १८ हजार ४ सय ६३ जनाले पहिलो र १३ हजार ३ सय ५२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । सुन्दरबजार नगरपालिकाका ११ हजार ६ सय ९७ जनाले पहिलो र ९ हजार ४ सय २८ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । मध्यनेपाल नगरपालिकाका ८ हजार ८ सय ७७ जनाले पहिलो र ६ हजार ८ सय ७५ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । राइनास नगरपालिकाका ७ हजार १ सय ३७ जनाले पहिलो र ५ हजार ४ सय २६ जनाले दोस्रो मात्रा खोप लगाएको बराललेब ताए ।

उनका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ८ हजार ५ सय ९९ जनाले पहिलो र ६ हजार ७ सय २७ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । दोर्दी गाउँपालिकाका ६ हजार १ सय ४७ जनाले पहिलो र ४ हजार ३ सय १९ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । दूधपोखरी गाउँपालिकाका ५ हजार ६ सय ९२ जनाले पहिलो र ५ हजार ६ सय जनाले दोस्रो मात्रा खोप लगाएका छन् । र, क्व्होलासोंथर गाउापालिकाका ५ हजार ५ सय ४६ नागरिकले पहिलो र ४ हजार २६ जनाले दोस्रो मात्रा खोप लगाएको बरालले बताए ।

लमजुङमा जिल्ला अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्र गरी ८५ वटा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइँदै आएको छ । लमजुङका ७५ वडामध्ये सबैले आ–आफ्नै वडाबाट कोरोनाविरुद्धको खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : आश्विन ३०, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?