कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

छुट्टाछुट्टै दुर्घटनामा भारतीयसहित ६ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भोलहीमा गएराति ट्यांकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ । पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

यसैबीच बाराको निजगढ नगरपालिका ११ मा शुक्रबार साँझ मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । साँझ ६ बजे तीन जना सवार रहेको प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोकिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका २७ का २४ वर्षीय सोवितलाल यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार दुई जनाको उपचार भने निजगढ स्थित नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ वनढाटमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । नारायणगढबाट झापातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको यात्रुबाहक बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २२ वर्षीय प्रकाश दियाली र २२ वर्षकै सुशान्त दियालीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?