हेटौंडामा बसको ठक्करले मोटरसाईकल सवार दुईको मृत्यु

सुवास विडारी

मकवानपुर —  पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दि‌दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १0 बजेको समयमा नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारमा हेटौंडा–१५ पनेस बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको प्रहरीले जनाएको छ । 

स्थानीयले घटनास्थमा ठक्कर दिने बसलाई तोडफोड गर्न थालेपछि राति नै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?