१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चिनियाँ राजदूत यान्छीले मनाइन् दसैं

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको उपलक्ष्यमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

चिनियाँ राजदूत यान्छीले मनाइन् दसैं

दूतावासस्थित नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

विजया दशमीको दिन ट्वीटरमा टीका जमरासहितको तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्, 'मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्द छु

।'

राजदूत यान्छीले यसअघि पनि नेपालीहरुका विभिन्न चाडवाडको अवसरमा शुभकामना दिएकी थिइन् ।

प्रकाशित : आश्विन २९, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?