२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दसैंको रौनक थप्दै दुर्गा झाँकी

मनोज पौडेल

कपिलवस्तु — गाउँघरमा दुर्गा झाँकीले दसैंको रौनक थपेको छ । कोरोना संक्रमणका कारण दुई वर्ष यता ननिकालिएको दुर्गा झाँकीले अहिले गाउँघर, चोक, सहर बजार झकीझकाउ बनेको छ ।

दसैंको रौनक थप्दै दुर्गा झाँकी

चहलपहल बढेको छ । बिहान साँझ दुर्गा पूजा गर्नेको घुईँचो हुने गरेको छ ।

झाँकी स्थलमा पूजाआजा गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । माइक बजाएर भजन र धार्मिक गीत बजाउँदा दसैंको माहोल बनेको छ ।

विशेष गरी दक्षिणी क्षेत्रका तौलिहवा, बर्रोहिया, लवनी, महाराजगन्ज, बहादुरगन्ज, चन्द्रौटा र कृष्णनगरमा दर्जनौं झाँकी निकालिएको छ ।

कही घट्स्थापना त, कही सप्तमीबाट झाँकी निकालिएको छ । एकादशीका दिन असोज ३० गते नदी, तलाउमा लगेर धार्मिक विधि पूर्वक रूपमा दुर्गा झाँकी विसर्जन गरिन्छ ।


प्रकाशित : आश्विन २९, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?