ब्राउन सुगरसहित पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले झापाबाट ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-८ स्थित सडकबाट करिब ९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित  बिर्तामोड नगरपालिका-८ का ३१ वर्षीय नबिन खानलाई प्रहरीले पक्राउ गरेको हो । 

भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी बुधबार पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका-२५ आईसीपी गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : आश्विन २८, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?