२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२४ घण्टामा नेपालमा थप ६९१ कोरोना संक्रमित, १४ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

२४ घण्टामा नेपालमा थप ६९१ कोरोना संक्रमित, १४ जनाको मृत्यु 

यस्तै २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६१९ परीक्षणमा ७९२ संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ ।

२४ घण्टामा थप ९१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । २४ घण्टामा खोप लगाएकाको संख्या ६९ हजार ८२४ रहेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?