३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

रासस

डडेल्धुरा — धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् ।

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?