एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ : डा भट्टराई- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ : डा भट्टराई

नारायण शर्मा

पूर्वी नवलपरासी — जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्नका लागि पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास गर्नुको विकल्प नरहेको बताए ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा समाजवादी पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन् – ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ ।’ उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्ने दावी गरे ।

‘यस कारण पनि जनता समाजवादी पार्टी एमसीसी पास गर्नैपर्छ भन्ने पक्षमा छ’ डा भट्टराईले बताए । उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने बताए । कार्यकर्ता भेटघाटमा उनले आफ्नो पार्टीको भविश्य उज्ज्वल रहेको भन्दै सर्मपित भएर संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका थिए ।

प्रकाशित : आश्विन २५, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक उत्कृष्ट

नारायण शर्मा

पूर्वी नवलपरासी — गण्डकी प्रदेशका ११ जिल्लामा पूर्वी नवलपरासी प्रहरी उत्कृष्ट भएको छ । ६६ औं प्रहरी दिवसको अबसरमा आज पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यहाका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई सम्मान गरेका हुन् ।

पोखरास्थित क्षेत्रीय प्रहरी कार्यालयमा आयोजित समारोहमा पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक प्रकाश मल्ललाई सम्मान गरिएको हो । शान्ति सुरक्षा, अपराध नियन्त्रण, राजस्व असुली, दुर्घटना न्यूनीकरण, समाजसँग साझेदारीमा अब्बल र प्रदेशमा उत्कृष्ट कार्यगरेबापत मल्ललाई सम्मान गरिएको हो । गण्डकीका ११ जिल्लामा कार्यसम्पादनका हिसाबले उत्कृष्ट कार्य गरेबापत पूर्वी नवलपरासीका प्रहरी प्रमुख मल्ललाई सम्मान गरिएको हो । डीआईजीको कार्यालय पोखराले सबै जिल्लाका प्रहरी प्रमुखसँग कार्य सम्पन्न सम्झौता गरेअनुसार उत्कृष्ट ठहरिएकाले यहाँको प्रहरी सम्मानित भएको हो ।

मुख्यमन्त्रीकै जिल्लाको प्रहरीले प्रदेशभरिमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै सम्मान कार्यक्रमका मुख्य अतिथि कृष्णचन्द्र पोखरेलले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : आश्विन २०, २०७८ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×