कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चितुवाको आक्रमणबाट तनहुँमा ९ वर्षीया बालिकाको मृत्यु

सम्झना रसाइली

तनहुँ — चितुवाको आक्रमणमा परी बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङस्थित ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा ९ वर्षीया बालिकाको मृत्यु

सोमबार साँझ करिब ६:१५ बजे चितुवाले आक्रमण गर्दा स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

साँझको समयमा एक्लै छिमेकीको घरमा मासु लिन जाँदै गरेकी बालिकालाई अचानक चितुवाले आक्रमण गरी सडकबाट तल जंगलमा लगेको र मृत्यु भएको अवस्थामा बालिकालाई भेटिएको बताइएको छ । सोही गाउँपालिकामा यसअघि चितुवाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?