कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६० हजार नगदसहित पर्वतमा ४ जुवाडे पक्राउ

अगन्धर तिवारी

पर्वत — जलजला गाउँपालिका–३ वारीबेनीबाट ६० हजार एक सय ८५ रुपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । पर्वत प्रहरीका अनुसार हार-जित हुनेगरी जुवा खेलिरहेका उनीहरुलाई विशेष सुराकीका आधारमा सोमबार दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ का महेश राई, तेह्रथुमको लालिगुराँस गाउँपालिका–६ का सरोज थापामगर, पर्वतकै जलजला–३ का रामबहादुर पुन र विकास श्रेष्ठ छन् । चाडबाडको बेला जुवातास खेलेर सामाजिक रीतिरिवाजमा दख्खल पुर्‍याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई तासमा हार-जितको खेल खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले दिएको विशेष सुराकीको आधारमा सूचना प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई सोमबार नै जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक ५ दिनको मिति थपेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : आश्विन २५, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?