कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमणको दर निरन्तर ओरोला लाग्दै

सोमबार सार्वजनिक तथ्यांकलाई विश्लेषण गर्दा सात दिनको औसत पीपीआर ६.४१ प्रतिशत
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार परीक्षणका आधारमा संक्रमित देखिने दर (पीपीआर) विगत २२ दिन देखि निरन्तर घटिरहेको छ । सोमबार सार्वजनिक तथ्यांकलाई विश्लेषण गर्दा सात दिनको औसत पीपीआर ६.४१ प्रतिशतमा झरेको छ ।

कोरोना संक्रमणको दर निरन्तर ओरोला लाग्दै

मन्त्रालयको तथ्यांक अनुसार असोज ३ गते यता सात दिनको औसत पीपीआर १० प्रतिशतभन्दा तल नै रहेको छ । पीपीआर दर कम हुनुको अर्थ समुदायमा संक्रमण नियन्त्रित अवस्थामा छ भन्ने हुन्छ ।

मन्त्रालयले सोमबारको सार्वजनिक गरेको विवरण अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर गर्दा ६ सय ६३ जना संक्रमित रहेको देखिएको छ । यस्तै ४ हजार ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा केवल १ सय २२ जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयको विवरण अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ । यस्तै हालसम्म लक्षित जनसंख्या मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ३८.२ प्रतिशत रहेको छ भने २९.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?