काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ सहित ८ जनाको जिप दुर्घटनामा मृत्यु

दीपक परियार

(पोखरा) — कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।

काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ सहित ८ जनाको जिप दुर्घटनामा मृत्यु

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।

सच्याइएको : दुर्घटनामा परी ५ पुरुष र २ महिलाको मृत्यु भएको हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।


प्रकाशित : आश्विन २५, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?