१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनेरास्ववियू छैठौं विभाजित

अमृता अनमोल

बुटवल — राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति गठन भएको छ । यससँगै विद्यार्थी संगठन औपचारिक रुपमै विभाजन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेका दुई धारको असर विद्यार्थी संगठनमा पनि देखिएको हो ।

अनेरास्ववियू छैठौं विभाजित

संस्थापन पक्षले बुटवलमा र असन्तुष्ट पक्षले धनगढीमा अलग-अलग २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेका हुन् । संस्थापन समूहको सम्मेलनले यसअघिका उपाध्यक्ष देवेन्द्र कुंवरलाई अध्यक्षमा चयन गरेको छ ।

फरक मत पक्षले भने महासचिव महेशराज जोशीलाई अध्यक्ष बनाएको छ । कुंवर नेतृत्वमा उपाध्यक्ष गणेश अधिकारी र नवीन पाण्डे एवं महासचिवमा सुवास जिसीसहित ३५ सदस्यीय कार्यसमिति छ । जोशी नेतृत्वमा उपाध्यक्ष मनोज शर्मा, महासचिव उमेश कंडेल, सचिव आशिष जगेबुसहित ३१ सदस्यीय कार्यसमिति छ ।

संस्थापन पक्षको सम्मेलन राजमो अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । करिब ६० जिल्लाबाट झण्डै २ सय प्रतिनिधि सहभागी भएको आयोजकले दावी गरेको छ । विपक्षी समूहले भने पाल्पामा राष्ट्रिय सम्मेलन गर्ने संगठनको साउन १९को केन्द्रीय समितिको निर्णय विपरीत संस्थापन पक्षले महासचिव लगायत फरक मत राख्नेलाई जानकारी नै नदिई बुटवलमा सम्मेलन आयोजना गरेको आरोप लगाएको छ । आफ्नो सम्मेलनमा ४१ जिल्लाबाट १०२ जना प्रतिनिधि सहभागी भएको उसको दावी छ ।

प्रकाशित : आश्विन २५, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?