लस एन्जलस म्युजियममा दुई पुरातात्विक सम्पदा- समाचार - कान्तिपुर समाचार

लस एन्जलस म्युजियममा दुई पुरातात्विक सम्पदा

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको लस एन्जेलस सहरस्थित कन्ट्री म्युजियम अफ आर्टमा काठमाडौं र ललितपुरबाट ४० वर्षअघि हराएका दुई पुरातात्विक सम्पदा फेला परेका छन् ।

एक साताअघि मात्रै यो म्युजियममा पाटनको एक बहीबाट ४० वर्षअघि हराएको चिन्तामणि लोकेश्वरको काठमा कुँदिएको आकृती फेला परेको थियो ।

नेपालबाट चोरिएका वा हराएका सम्पदाको पहिचान प्रक्रियामा सहयोग गर्दै आएको ‘लस्ट आर्ट अफ नेपाल’ले सोमबार जारी गरेको सूचनामा यही म्युजियममा भक्तपुर दरबार स्क्वायर छेउको त्रिपुरा सुन्दरीमा रहेको प्रस्तर आकृति ‘यक्ष’ फेला परेको छ ।

कलात्मक इतिहासको यो शैलीमा ढुंगेधारामुनि भगिरथ वा यक्षको आकृति कोरिएको हो । सातौं शताब्दीको सिर्जना मानिने ‘यक्ष’ आकृति हराएको बारे स्थानीयबासी जानकार रहेपनि यसको यथास्थितीबारे बेखबर थिए ।

प्रकाशित : आश्विन २५, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

मोतीपुर औद्योगिक क्षेत्रमा ३ सय सुरक्षाकर्मी परिचालन [तस्बिरहरू]

अमृता अनमोल

बुटवल — बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका लागि जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको हो ।बुटवल र तिलोत्तमा क्षेत्रबाट औद्योगिक क्षेत्र पस्ने चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् । रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले औद्योगिक क्षेत्रको सुरक्षाका लागि रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीको दंगा टोली खटाइएको बताए । 

आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ । बुटवल उपमहानगरपालिकाको १७ र १८ नम्बर वडामा रुपन्देही प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । 

घटनास्थलमा ठूलो संख्यामा चप्पल, जुत्ता, ढुंगा र फुटेका सीसा देखिन्थे । अघिल्लो दिनसम्म बनेका टहराका अवशेष बाँकी थिए । स्थानीयले सोमबार बिहान जग्गा अतिक्रमणकारीहरू पुन आउन थालेको सूचना दिएका थिए । त्यसपछि प्रहरीले सडक क्षेत्रमा समेत निगरानी  बढाएको छ । जग्गा कब्जा गर्न आउने व्यक्ति लुक्ने आशंकामा धेरै स्थानीय ढोका लगाएर बसेका छन् । 

मोतीपुर औद्योगिक क्षेत्र कब्जा गर्न बसेको समूह र सुरक्षाकर्मीबीच आइतबार दिउँसो झडप भएको थियो । झडपमा परी ४ जना जग्गा अतिक्रमणका लागि आएका व्यक्तिको मृत्यु भएको छ । ५१ सुरक्षाकर्मीका ५१ सहित ७३ जना घाइते छन् । त्यसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : आश्विन २५, २०७८ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×