कलाकार मनोज गजुरेलले गरे बिहे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार मनोज गजुरेलले गरे बिहे

कान्तिपुर संवाददाता

काठमाडौँ — हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् । गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन् ।

'एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं । अगाडि आईपर्ने सुख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्‍यो,' उनले लेखेका छन् ।

उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।

गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवहा गरेपश्चात सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

घर फर्किंदा स्याउ कोसेली

कान्तिपुर संवाददाता

कञ्चनपुर — हातमा झोला । पिठ्युँमा ओडने ओछ्याउने कपडादेखि भाँडाकुँडाको भारी । काँधमा स्याउको पेटी । कञ्चनपुरको लालझाडी गाउँपालिका ३ कसुवाका भगीरथ राना आइतबार गड्डाचौकी नाकामा यस्तै अवस्थामा भेटिए ।

यतिबेला गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किने नेपाली कामदारको भीड बढेको छ । सबैका काँध र हातमा झोलाहरू देखिन्छन् । भारत हिमाञ्चल प्रदेशको सिमलाबाट फर्किेनहरूको भने छुट्टै पहिचान हुन्छ । ओड्ने ओछ्याउनेदेखि भाडाकुडा सबै बोकेर फर्किन्छन् । अझ मालिकले मायाको चिनोका रुपमा दिएको स्याउको पेटी पनि संॅगै हुन्छ ।

‘घर आउॅंदा स्याउका बगान मालिकलै नै एक पेटी स्याय दिएर पठाउॅछन्,’ रानाले भने, ‘किन्नु पनि पर्दैन, आफैंले टिपेको स्याउ मालिकले माया गरेर दिन्छन् ।’ उनका अनुसार मालिकले घर फर्किने सबै कामदारहरूलाई एक/एक पेटी स्याउ दिएर पठाउछन् । उनीहरू ९ जनासॅंगै घर फर्किन लागेका हुन् । सबैले एक/एक पेटी स्याउ बोकेका छन् । एक पेटीमा २० किलोग्रामसम्म स्याउ हुन्छ । ‘दसैका लागि फलफूल किन्नु पर्दैन, यही स्याउले काम चल्छ,’ रानाले भने, ‘आफैंले टिपेर काम गर्ने ठाउँबाटै ल्याएकाले अझ राम्रो लाग्छ ।’

उनका अनुसार बाटोमा कतिपयले स्याउको भाडा पनि लिने गरेकाले केही समस्या हुने गर्छ । तर कतिपयले अन्य सामानको भाडा लिए पनि स्याउको भाडा लिँदैनन् । ‘मालिकले माया गरेर दिन्छन्, हामीलाई पनि घरमा केटाकेटीका लागि राम्रै हुन्छ,’ सुर्खेतको चौकुने गाउँपालिकाका ओमप्रकाश थापाले भने, ‘लुगाकपडासंॅगै एक पेटी स्याउ पनि बोकेर फर्किन्छौं ।’ उनी विगत ४/५ वर्षदेखि सिमलामा स्याउ टिप्ने काम गर्छन् ।

असारमा सिमला पुग्ने र दसैंका लागि घर फर्किने नियमित जस्तै छ । सिमलामा असार साउनसम्म स्याउ टिप्ने काम चल्छ । त्यसपछि घाँस काट्ने काम सुरु हुन्छ । दसैं नजिकिएपछि घर फर्किने हतार । ‘यतिबेला स्याउ नलिएरै पनि के आउनु,’ थापाले भने, ‘किनेर ल्याउन सकिँदैन, घर परिवारले पनि आस गरेका हुन्छन् ।’

यतिबेला सिमलाबाट घर फर्किने हरेक नेपाली कामदारले एक/एक पेटी स्याउ बोकेकै हुन्छन् । कतिपयले कपडाको बोरीमै राखेर ल्याउँछन् । कतिपयले छुट्टै बोकेर ल्याउँछन् । अन्य सामान भन्दा पनि स्याउको पेटी निकै जतन साथ ल्याउछन् । नाकामा घर फर्किनेहरूले स्वास्थ्य जाँचका क्रममा एकै ठाउँ राखेको सामानमा स्याउकै पेटी बढी देखिन्छन् । उनीहरू चढ्ने गाडीको छतहरू पनि स्याउकै पेटीले भरिएका हुन्छन् ।

‘हामीले एक/एक पेटी किनेर पनि ल्याउछौं,’ कैलाली सुख्खडका नन्दराम शाहीले भने, ‘मालिकले दिएको एक पेटीले मात्रै घरमा पुग्दैन, दसैंका लागि थप एक पेटी किनेर ल्याउँछौं ।’ उनका अनुसार सिमलाको स्याउ मिठो हुने र त्यहाँ सस्तो पनि पर्ने भएकाले सबैले बोकेर ल्याउने गरेका हुन् । स्याउलगायत अन्य सामानको भारी बढी हुॅदा कतिपयले दोब्बर भाडा समेत तिर्नुपरेको पाइन्छ । सवारी चालकहरूले विभिन्न वहाना बनाउदै चर्को भाडा लिने गरेको पाइन्छ । सिमलादेखि बनबासासम्म होस वा बनबासादेखि गड्डाचौकी नाकासम्म यात्रुको भाडा बराबर सामानको समेत भाडा लिने गरेको पीडितहरू बताउँछन् । कतिपयले बार्गेनिङ गरेर आउने भएकाले सामानको भाडा तिर्नुपर्दर्नै ।

प्रकाशित : आश्विन २५, २०७८ १२:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×