१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्‍यो एनआरएनको महाधिवेशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन सरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति भने तय गरिएको छैन ।

सर्‍यो एनआरएनको महाधिवेशन

एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले ६ महिनाभित्र महाधिवेशन गर्ने बताए । ‘एनआरएनएको विधानसम्बन्धी दिएको निर्देशन अस्पष्ट छ । यस विषयमा कानुनी परामर्श गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ,’ उनले भने, ‘एनआरएनको विधानअनुसार ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने भएकाले त्यस अवधिभित्र महाधिवेशन हुन्छ ।’

परराष्ट्रले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधानविपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको थियो ।


प्रकाशित : आश्विन २४, २०७८ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?