१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

परराष्ट्रमन्त्री खड्का र सर्बियाका राष्ट्रपतिबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — असंलग्न अभियान (नाम) को ६० औं वर्ष पुगेको अवसरमा सर्बियाको राजधानी बेल्ग्रेड पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले साइडलाइन वार्ता अन्तर्गत आइतबार सर्बियाका राष्ट्रपति अलेक्सान्डर भूचिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खड्का र सर्बियाका राष्ट्रपतिबीच भेटवार्ता

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटवार्तामा दुवै पक्षले आपसी पारस्परिक हितका विषयहरु आदान–प्रदान गरेका थिए । यस्तै, साइडलाइन वार्ताकै दौरान मन्त्री खड्काले सर्बियाका परराष्ट्रमन्त्री निकोला सेलाकोभिचसँग पनि भेटवार्ता गरे ।

यस अवसरमा द्धीपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोगलाई प्रबर्द्धन गर्ने विषयमा कुराकारी भएको परराष्ट्रले जनाएको छ । नेपाल पनि नामको सदस्यराष्ट्र हो । मन्त्री खड्का नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उक्त कार्यत्रममा सहभागी भएका हुन् । कार्यक्रम सोमबार र बुधबार हुँदैछ भने मन्त्री खड्काले पहिलो दिन नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?