३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश

पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

प्रहरीले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।

न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको अवस्थाबारे छानबिन तथा अनुसन्धान गर्न माग गर्दै उनीहरु नेपालगन्जबाट २० दिनको पैदलयात्रा गरी काठमाडौं आइपुगेका हुन् । हत्यामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस् भन्दै पीडितहरूले आवाज उठाउँदा अपमानित गरेको, अभद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झुटा मुद्दामा फसाएको भन्दै बाँके जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई तुरुन्त विभागीय कारबाही गर्नसमेत पीडितले माग राखेका छन् ।

न्याय खोज्दै माइतीघरमा रिले अनशनमा बसेकालाई मध्यरातमा मानव सेवा आश्रम लगियो


सर्वोच्चको आदेश


प्रकाशित : आश्विन २४, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?