कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रजातन्त्रको खिलाफमा कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहेर प्रजातन्त्र मास्न नसक्ने बताएका छन् । पोखरामा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै प्रधानमन्त्री देउवाले अब कसैलाई पनि प्रजातन्त्रको खिलाफमा कुनै किसिमको सपना नदेख्न सचेत गराए ।

प्रजातन्त्रको खिलाफमा कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा

‘विभिन्न कुराहरु सुन्छु । मान्छेहरुले धेरै सपना नदेखे हुन्छ । जनताले भोटबाट देखाइहाल्छन् । यो प्रजातन्त्र हो । प्रजातन्त्रको विकल्प अर्को छैन । त्यसैले प्रजातन्त्रको खिलापमा कसैले कुनै सपना नदेखे हुन्छ,’ देउवाले भने, ‘अहिले संसद्‌मा भएका सबै दलहरु प्रजातन्त्रका लागि लडेर आएका हुन् । त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’

प्रधानमन्त्री देउवाले नेपालमा संघीयता पूर्णरुपमा कार्यान्वयन हुन बाँकी रहेको भन्दै सरकारले त्यसलाई क्रमशः अघि बढाउने बताए । ‘हामी कहाँ संघीयताको पूर्ण कार्यान्वयन भइसकेको छैन । अब छिटो छरितो विकासका कामहरु अघि बढाउनुपर्ने छ । मलाई विश्वास छ, हामी धेरै कामहरु गर्दै जान्छौँ,’ उनले भने ।

उनले संविधानले नै शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गरेको भन्दै नागरिकलाई त्यो हकको सुनिश्चितता गराउने गण्डकी प्रदेशलाई धन्यवाद दिए ।

प्रकाशित : आश्विन २४, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?